
माघ १० , काठमाडौं |
मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ५० मिनेट आसपासमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ । भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।