
११ माघ, काठमाडौं ।
सौन्दर्य प्रतियोगिताको आवरणमा बालिकामाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर भएका छन् ।
एक युवतीले ६ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
न्ययााधीश दीपक ढकालको इजलासले बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको हो ।
उनीमाथि सजाय निर्धारण भने भइसकेको छैन ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।