बुधबार, माघ ५ २०७८

घरेलु रक्सीलाई ब्यान्ड होइन, ब्रान्ड बनाऔ



  • नेपालदीप
  • मंगलबार, असार १६ २०७७
7.6K
SHARES

काठमाडाै । प्रदेश न‌ १ की सांसद उषाकला राईले प्रदेश सभाको बजेट अधिवेशनको सोमबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै घरेलु रक्सीलाई ब्यान्ड गरेर होइन ब्रान्ड बनाएर विदेश निर्यात गर्ने व्यवस्था मिलाउन माग गरेकी छिन् । घरेलु रक्सीलाई अब सरकारले ब्यान्ड गरेर हैन ब्रान्ड बनाएर उत्पादन बढाउनुपर्नेमा उनले जोड दिइन् ।

उनले नेपाली शुद्ध कोदो र जडीबुटीयुक्त्त घरेलु रक्सीहरू औषधि पनि भएकाले त्यसलाई ब्रान्ड बनाउन सके विदेशमा माग उच्च हुने बताइन् । घरेलु रक्सी ब्यान्ड भर्सेज ब्रान्ड बन्नुपर्ने बताइन् ।

रक्सीमा प्रतिबन्ध लगाउने भए सबैखाले रक्सीमा प्रतिबन्ध लगाउनुपर्ने नत्र घरेलु रक्सीमा लागेको प्रतिबन्ध फुकुवा गरेर उद्योगका रूपमा विकास गरी ब्रान्ड बनाउनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘हामी घरेलु रक्सीमा प्रतिबन्ध लगाएर करोडौँको विदेशी रक्सी भित्र्याइरहेका छौँ, के हामी आफ्नै देशको शुद्ध घरेलु रक्सी चियर्स गरेर राष्ट्रवादी बन्न सक्दैनौँ ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट