बुधबार, माघ ५ २०७८

शेयर बजारमा उछाल, पटक–पटकको सर्किट ब्रेकपछि कारोबार बन्द



  • नेपालदीप
  • मंगलबार, असार १६ २०७७
3.1K
SHARES

काठमाण्डाै । शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेको छ । हिजो नकारात्मक सर्किट ब्रेक लागेर केही समय बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो ।

आज कारोबार सुरु भएको एक घन्टा नपुग्दै चार प्रतिशतले बढेपछि २० मिनेट सर्किट ब्रेक लागेको थियो, दोस्रो पटक पाँच प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द भएको हो ।

होटल र म्युचल फण्डबाहेक सबैजसो समूहको शेयर उकालो लागेपछि ६ दशमलव शून्य ६ प्रतिशतले बढेको नेप्से १२ सय ६० दशमलव ७५ बिन्दुमा पुगेको छ । आज जीवन बीमा समूहको शेयर ६ सय ३४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर दुई सय ९६ अङ्कले र उत्पादन एक सय २२ अङ्कले उकालो लागेको छ ।

आज २२ करोड ७२ लाख रुपैयाँ बराबरका चार लाख ८९ हजार पाँच सय कित्ता शेयर किनबेच भए । आज नागरिक लगानी कोष, एसियन, सूर्य, नेपाल, नेशनल लाइफ इन्स्याेरेन्स र शिवम् सिमेन्टका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै कमाएका छन् ।

२१ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । तर राष्ट्रिय पुनर्बीमा कम्पनी र ओरियन्टल होटलका शेयरधनीले सबैभन्दा धेरै झण्डै १० प्रतिशत गुमाएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट