बुधबार, माघ ५ २०७८

गरिमा बैँकले दियाे हायर पर्चेज शीर्षकको कर्जामा एक महिनाको व्याज छुट



  • नेपालदीप
  • बुधबार, असार १७ २०७७
3K
SHARES

काठमाडाैँ। गरिमा बिकास बैकले सवारी साधन खरिद गर्नका लागी ऋणीहरुले लिएको हायर पर्चेज शीर्षकको कर्जामा एक महिनाको व्याज छुट दिने भएको छ । कोरोना भाईरस (कोभिड–१९) का कारण देशभर लगाईएको लकडाउका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई अत्याधिक प्रभाव परेको देखिएकोले सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी कर्जा उपभोग गर्नुभएका सेवाग्राही (ऋणी) हरुलाई आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको छ ।

बैँकले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सवारी साधन समेत धितो राखी विकास बैंकले यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गर्नुभएका सेवाग्राही (ऋणी) हरुलाई नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक २०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको हो ।

सेवाग्राहीहरुले २०७७ आषाढ मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन बैकले सबैमा ऋणीहरुलाई आग्रह गरेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट