बिहिबार, माघ १३ २०७८

केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना



  • नेपालदीप
  • मंगलबार, असार २३ २०७७
3.6K
SHARES

काठमाडौँ ।  आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मध्य तथा सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।

दिउँसो यी ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । राति पनि देशका लगभग सबै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

ठूलो पानी पर्ने ठाउँमा बाढी र डुबानसँगै पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार