बिहिबार, माघ १३ २०७८

काठमाडौँमा किन बढिरहेको छ कोरोनाको सङ्क्रमण ?



  • नेपालदीप
  • मंगलबार, असार २३ २०७७
8K
SHARES

काठमाडौँ । नेपालमा समुदायस्तरमा कोरोना नपुगेको सरकारले दाबी गरेको छ ।स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले अहिलेसम्म कोरोना सङ्क्रमण भएकाहरुमध्ये ९७ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको, त्यसमा पनि ८७ प्रतिशत पुरुषमा कोरोनाको सङ्क्रमण भएकाले समुदायस्तरमा नपुगेको भन्न सकिने बताउनुभयो ।

समुदायस्तरमा कोरोना पुगेको भए महिला र पुरुषमा बराबरी रुपमा देखिएको हुनुपर्ने उहाँको भनाइ छ । जहाँ धेरै विदेशबाट आएका छैनन्, त्यहाँ छिटफुट रुपमा मात्रै कोरोना देखिएको उहाँको भनाइ छ ।

निर्देशक वासुदेव पाण्डेले काठमाण्डौ उपत्यकाका तीन जिल्लामा दुई ६७ जनामा कोरोना देखिएको तर उनीहरुमध्ये ७९ जना विदेशबाट उद्धारमार्फत आएका व्यक्ति रहेकाले काठमाण्डौमा समुदायस्तरमा फैलिएको भन्न नमिल्ने बताउनुभयो ।

उहाँले साउदी अरेबिया, कुवेतलगायतका देशबाट केही नेपाली कोरोना नै जाँच नगरि स्वदेश फर्किएकाले धेरैमा कोरोना सरेको पनि बताउनुभयो । विदेशबाट आएका केही व्यक्ति कोरोनाको लक्षणसहित नै आएको पनि भेटिएको पाण्डेले बताउनुभयो ।

यस्तै काठमाण्डौ बाहिरबाट लुकीछिपी आउनेहरुका कारण पनि काठमाण्डौमा सङ्क्रमण बढेको उहाँको भनाइ छ । काठमाण्डौबाहिरबाट आएर जमघट हुने र जोखिम धेरै भएका १२ ठाउँमा परीक्षण तीव्र पारिएको उहाँले जानकारी दिनुभयाे ।

तीनकुने र नख्खु टोलका दुई सय २८ जनामा कोरोना जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको पाण्डेले बताउनुभयो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार