बिहिबार, जेष्ठ ५ २०७९

एनआईसीकाे नयाँ अफर,घर किन्न सस्ताे कर्जा



  • नेपालदीप
  • आइतबार, असार २८ २०७७
9K
SHARES

काठमाडाैँ ।  एनआईसी एसिया बैकले  घर किन्न चाहाने ग्राहकहरुका लागी नयाँ अफर सार्वजनिक गरेकाे छ । सुपर चमत्कारिक घर कर्जा योजना सार्वजनिक गर्दै सो बैंकले नयाँ अफर ल्याएको हो ।

यो योजनामा ग्राहकले ८ दशमलव दुई पाँच प्रतिशत ब्याजदरमा कर्जा लिन सक्ने बैंकले जनाएको छ । बैंकले यो योजनामा ५ वर्षसम्म ब्याज मात्रै तिरे हुने,अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा स्वाप गर्न सकिने,घर जग्गा खरिद तथा निर्माण अघि नै कर्जा स्विकृत गर्न सकिने बताएको छ।

पहिलो पटक घर खरिद र निर्माण गर्दा धितोको बजार मूल्यको ७० प्रतिशत सम्मको कर्जा सुविधा दिइने बैंकले उल्लेख गरेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट