
काठमाडौ । भुमि सुधार मन्त्री पद्मा अर्याल कोरोना महामारीको चपेटामा परेको वेला सरकारी खर्चमा महंगो गाडी खरिद गरेर विवादीद वनेकी छन ।
नेपालको नयाँ नक्सा घर घरमा बाड्दै हिडेर चर्चा कमाएकी भुमी सुधार मन्त्री पद्मा अर्यालले कोरोना महामारीले मुलुक आक्रन्त भएका बेलामा आफु चढ्नका लागि डेढ करोडको गाडि किन्ने खबरले जताततै आक्रोसको सिकार भएकी छन ।
मन्त्री अर्यालको गाडी किन्नलाई भूमिसुधार मन्त्रालयले अर्थबाट डेढ करोड रुपैयाँ स्वीकृति पाइसकेको छ । मन्त्री अर्यालका आग्रहमा अन्य थप गाडीका लागि भनेर ५ करोड ३७ लाख रकमान्तर अर्थ मन्त्रालयले अनुमति दिएको छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।